महारानीझोडाका धनिपुर्जा प्रधानमन्त्रीद्वारा वितरण गरिदै

सेयर गर्नुहोस्

झापा, १३ मंसिर
झापाको महारानीझोडा जग्गा समस्या समाधान उन्मुख भएको छ । ४८ वर्षदेखि नक्सा प्रमाणित नभएर झापाको गौरादह नगरपालिका वडा नं ४ र ५ का बासिन्दा धनिपुर्जा बिहिन थिए । सरकारले गठन गरेको जग्गा दर्ता समितिले धनिपुर्जा बितरणको तयारी गरेको हो । साउन २४ गते गठित समितिले धनिपुर्जा बितरणको तयारी गरेको हो ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका अनुसार समितिले पाँच सय वटा धनिपुर्जा पहिलो चरणमा वितरण गर्दै छ । २०३४ सालको नापी र त्यस पछीको सर्पट नापीलाई आधार मानेर समितिले धनिपुर्जा बितरण गर्ने भएको हो । प्रमुख सुवेदीले मंसिर २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धनिपुर्जा बितरण गर्ने कार्यक्रम रहेको बताए । अहिले सम्म २ हजार कित्ताको ३५ दिने सूचना प्रकाशित भइसकेको छ । कुल ७ हजार ५ सय कित्ता धनिपुर्जा बितरण गर्ने गरि समितिले कार्यादेश पाएको छ ।