प्रतिबन्धित औषधीसहित कमलका बस्नेत पक्राउ

सेयर गर्नुहोस्

दमक, ११ मंसिर
प्रतिबन्धित औषधीसहित झापा कमल गाउँपालिकाका एक युवक पक्राउ परेका छन् ।

कमल गाउँपालिका वडा न.७ बस्ने ३८ वर्षीय संदेश बस्नेतले आफ्नै घरमा प्रतिबन्धित औषधी लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले घरमा चेकजाँच गरेको थियो । त्यसक्रममा ट्रामाडोल ४९३ पत्ता , स्पासेन ५०३ पत्ता , डेकोलिक ४२ पत्ता फेला परेको थियो ।

प्रतिबन्धित औषधीसहित बस्नेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।