सेयर गर्नुहोस्
दमक, १ असोज
झापाको कमलमा रहेको लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा डम्बरबहादुर निरौला निर्वाचित भएका छन् । प्रतिद्वन्दीलाई १७६ मत अन्तरले पराजित गर्दै उनी बिजयी भएका हुन् । यस्तै उपाध्यक्षमा गंगाप्रसाद पाण्डे, सचिवमा हरिप्रसाद घिमिरे, सहसचिवमा धनकुमारी राई, लेखा संयोजकमा पशुपति धिताल निर्वाचित भएका छन् । उनीहरु एमाले, राप्रपा र जसपा गठबन्धनबाट बिजयी भएका हुन् ।
सदस्यहरुमा भिम कार्की ( २१७) कमला राई गुरुङ ( ३१३) ईश्वर बुढाथोकी ( ३२९)लोबिता राई ( २३५ ) नीर बहादुर श्रेष्ठ दुर्गा प्र पराजुली ( ३०९) सावित्रा दहाल, राजकुमारी कुरुम्बाङ (२८३) टंक चम्लागाई ( २१६ ) ले जित हासिल गरेका छन् ।