दमक, २३ असोज
दमक नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुको भत्ता थप गर्ने निर्णय गरेको छ । तह अनुसारको विद्यालयका प्रध्यानाध्यापक प्रोहत्सान दिनका लागि भत्ता थप गरिएको हो ।
नगरपालिकाका शिक्षा समितिका संयोजक कुवेर भट्टराईले साविकको भत्तामा सत्तप्रतिशत नगरपालिकाले थप गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको कार्यपालिका बैठकले माध्यामिक तहका प्रध्यानाध्यापकलाई थप ५००, निमाविलाई थप ३०० र प्राथमिक तहका लागि थप २०० प्रोहत्सान भत्ता थप्ने निर्णय गरेको छ । यस्तै विद्यालय कर्मचारीलाई मासिक १ हजार ७ सय, बालविकास सहकजर्तालाई १ हजार ७ सय रुपैयाँ मासिक रुपमा थप दिने भएको हो । विद्यालयमा नियुक्त भएका कम्प्युटर शिक्षकलाई ५ हजार रुपैयाँ थप गर्ने निर्णय भएको दमक नगरपालिकाका शिक्षा अधिकृत प्रविण खड्काले जानकारी दिए ।
सेयर गर्नुहोस्
२३ आश्विन २०८१, बुधबार १५:४२