सेयर गर्नुहोस्
झापा, २१ असोज
गौरादह नगरपालिकाले बाढी पहिरोबाट पीडितको उद्दार र राहतका लागि सहयोग गर्ने भएको छ । गौरादह नगरपालिकामा आज भएको कार्यपालिका सदस्य तथा कर्मचारीहरुको संयुक्त बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय भएको हो ।
नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका अनुसार कार्यपालिका सदस्य र कर्मचारीको बैठकले कोषमा रकम जम्मा गर्ने भएको छ । उनका अनुसार कार्यपालिका सदस्य पारिश्रमिक र कर्मचारीको पारिश्रमिकबाट ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको हो ।