झापा, ११ असोज
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विकासका योजनाहरु अबरुद्ध पार्ने बिरुद्ध सरकार कठोर हुने बताएका छन् । उनले निर्माणको जिम्मा लिने र काम नगर्ने प्रबृत्ति रहेको बताए ।
आज झापामा २ वटा अलपत्र अवस्थामा रहेका पुलको निरिक्षण गर्दै दाहालले निर्माण शुरु गर्नका लागि केही समस्या भए सरकारले समाधान गर्ने तर काम समयमा सम्पन्न गर्नुपर्ने बताए । हुलाकी मार्ग अन्तर्गत कन्काइ नदीमा रहेको पुल लामो समय देखि अबरुद्ध छ । निर्माण सम्पनीको ढिलाइका कारण काम रोकिएको हो । यस्तै गौरीगन्ज गाउँपालिका झापा र रतुवामाइ नगरपालिका मोरङ जोड्ने रतुवा पुल एक दशक देखि अलपत्र अवस्था छ ।
नदीमा पुल नभएका कारण दुबै स्थानका बासिन्दा बन्दै गरेको पुल मुनि बाँसे पुल बनाएर हिड्न बाध्य छन् ।
सेयर गर्नुहोस्
११ आश्विन २०८१, शुक्रबार १६:४७