सेयर गर्नुहोस्
झापा, ५ असोज
झापाको कन्काई नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका १० स्थित टेग्रामा पानीमा डुबिरहेको अवस्थामा आज दिउँसो एउटा बेवारिसे शव फेला परेको हो । उतानो परेको , अनुहार पानीमा डुबेको करिव ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरुले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेर सर्जमिन मुचुल्का बनाउने र शवको पहिचान खुलाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताए । केही दिन अघि कन्काई नदीमै डुबेर २ जनाको मृत्यु भएको थियो ।