गौरादहमा भौतिक मन्त्रालयमार्फत २० वटा सडक बन्ने

सेयर गर्नुहोस्

झापा, ४ असोज
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत झापाको गौरादह नगरपालिकामा यस वर्ष २० वटा सडक निर्माण हुने भएका छन् । संघीय सरकार अन्तर्गतको सडक डिभिजन कार्यालय दमकले यी योजना कार्यान्वयन गर्ने छन् ।
भौतिक पूर्वाधार मन्त्रालयको रातो किताबमा उल्लेख भएका यी योजनाहरु गौरादह हुदै गौरीगञ्ज गाउँपालिका सम्म पुग्ने समेत छन् । यस आर्थिक वर्षमा गौरादह ४ मिलन चौकबाट फत्तेपुर सडक, डिपु किस्ने घाट सोलमारी बैगुन्धुरा सडक, किस्तिचौन रामपुर सडकका लागि प्रति योजना एक करोड रुपैयाँ बिनियेजन गरिएको छ ।
डिभिजन सडक कार्यालयका अनुसार पाडाजुगीँ गौरादह अल्टाबारी सडक, सितापुरी रंगपुर समिचौक चप्रमारी खजुरगाछी सडक, डिपु चौक तुलाचन सडक, फकरटिप दामुना सिजुवा सडक, गुराँस चौक मजुवा, चप्रमारी सडक, गौरादह बरगाछी गौरीगन्ज सडकका लागि प्रत्येक योजनालाई एक करोड ६२ लाख रुपैयाँ छुटिएका छन् । यसैगरि गौरादह बैगुन्धुरा तुलाचन सडक, मिलनचौक फत्तेपुर सडक, नमुना खेति सडक, खरेल डाडा सडकका लागि एक करोड रुपैयाँ बिनियोजन भएको छ ।
डिभिजनका सूचना अधिकारी गौतमकुमार देवका अनुसार दमक चिया दोकान बालुबथान सडकको ड्रेन निमार्णमा २ करोड १५ लाख ४६ हजार, कोहबरा ग्वालडुब्बा महाभारा सडक लाख, मिलनचौक फत्तेपुर(गौरादह ४ गौरीगञ्ज ६ सडक), देवीमार्ग जोरघरे मैदानघोपा सडक, सुनहारा बैगुन्धुरा सडक, डोरामारी बनियाटोली सडक, गुराँस चौक डोरामारी सिजुवा सडकका लागि प्रत्येकको एक करोड ७१ लाख रुपैयाँ बजेटमा उल्लेख छ । उनका अनुसार यस वर्षका लागि स्वीकृत ४२ वटा योजना मध्ये १३ वटाका ठेक्का सूचना प्रकाशित भइसकेका छन् ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका अनुसार भौतिक मन्त्रालय र शहरी विकास मन्त्रालय मार्फत अघिल्लो सरकारले कटौति गरेका सबै सडक योजना यस वर्ष कार्यान्वयन हुने छन् । बिगतमा १९ वटा सडकहरु सरकार परिवर्तन भएपछी ठेक्का प्रकृयामा गएर पनि रोकिएका थिए । सुवेदीले ती सडक योजना निर्माणका लागि पहल गरेसँगै यसै वर्ष निर्माण हुने पक्का भएका हुन् ।