संविधान दिवसः गौरादह नगरपालिकाद्वारा विपन्न परिवारको स्वास्थ्य बिमा

सेयर गर्नुहोस्

गौरादह, ३ असोज
झापाको गौरादह नगरपालिकाले संविधान दिवसका अवसरमा २७ जना विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएको छ । आज एक कार्यक्रमका विच नगरभरिका दिर्घरोगी र विपन्न परिवारलाई बिमा कार्ड हस्तान्तरण गरिएको हो ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले सबै नागरिकको स्वास्थ्यमा पहुँच अभिबृद्धिका लागि निशुल्क स्वास्थ्य बिमा गरिएको जानकारी दिए । उनले नगर भरिका बिपन्न परिवारको पहिचान गरि कार्यक्रम अझै जारी राखिने बताए । नगरपालिकाकी उपप्रमुख जलवर्षा राजबंशीले नगरपालिकाले दिर्घरोगी र विपन्न परिवारका १३५ जनाको स्वास्थ्य बिमा भएको जानकारी दिइन् । सबै नागरिकको सेवाका लागि सदैव तयार रहेको बताइन् । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीका अनुसार वडामा पनि निशुल्क र साझेदारीमा स्वास्थ्य बिमा कार्यक्रम रहेको छ । उनका अनुसार सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बिस्तारका लागि नगरपालिकाले स्वास्थ्य बिमाको कार्यक्रम जारी राखेको छ ।
नगरपालिका मातहतको नगर अस्पताल अहिले बिशेषज्ञ सुविधा सञ्चालनमा छ । नगरपालिकाले अस्पताल निर्माणका लागि ठेक्का सूचना प्रकाशित गरिसकेको छ । गौरादह १ चैतु चौकमा नगर अस्पताल निर्माण हुने छ ।