दमक, ३ असोज
संविधान दिवसको अबसरमा नेकपा एमाले दमकका बिभिन्न वडा कमिटीले सरसफाइ र डेँगु रोग बिरुद्धको सचेतना कार्यक्रम गरेका छन् । सबै वडा कमिटीहरुले आ आफ्नो वडामा कार्यक्रम सम्पन्न गरेका हुन् ।
नेकपा एमाले दमक नगर कमिटीका अध्यक्ष रामप्रसाद पौडेलका अनुसार वडाका बिभिन्न स्थान सफाइ सँगै डेँगु रोगको सचेतना कार्यक्रम समेत गरिएको छ । पानीमा डेँगुको लार्भा नष्ट अभियान पनि सँग सँगै सञ्चालन गरिएको उनले बताए । नगर कमिटी सचिवालय सदस्य खेमनाथ सापकोटाका अनुसार दमकका १० वटै वडामा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ । दमक १० का बृक्षारोपण समेत गरिएको छ ।
दमक २ मा आम्दा अस्पताल आसपास सफाइ गरिएको छ । दमक ३ मा प्रस्तावित मदन भण्डारी रंगशाला सरसफाइ गरिएको छ । दमक ४ मा खरखरेमा सरसफाइ, दमक ५ मा हरिओम कोलोनीदेखि भृकुटी चौक सम्म सरसफाइ सम्पन्न भएको छ । यस्तै गरि दमक ६ मा बजार सरसफाइ, दमक ७ मा समेत सरसफाइ, दमक ९ मा डेगुँ लार्भा नियन्त्रण र सचेतना कार्यक्रम समेत गरिएको छ । दमक १० मा सरसफाइ सँगै बृक्षारोपण गरिएको छ ।
सेयर गर्नुहोस्
३ आश्विन २०८१, बिहीबार १२:०९