गौरादह, २ असोज
गौरादह नगरपालिकाले शिक्षा दिबसका अवसरमा शिक्षक, विद्यार्थीहरुलाई सम्मान र पुरस्कार वितरण गरेको छ । आज गौरादह नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख छत्रपति सुवेदीले सेवा निवृत्त शिक्षक, उत्कृष्ट शिक्षक र उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए ।
कक्षा ५ को नगर स्तरीय परिक्षामा उत्कृष्ट अंक ल्याउने जनमैत्री एजुकेसनकी अश्वीनी भट्टराई, ८ को परिक्षामा उत्कृष्ट अंक ल्याउने अनिश भण्डारी जनता मावि गौरादह १, एसइईमा उत्कृष्ट अंक ल्याउने सुरभी ढुंगाना र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने जनता मावि गौरादह १ का किरणराज चापागागाईँलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो । यसैगरि ६ जना विद्यालयका शिक्षक र कर्मचारीलाई उत्कृष्ट शिक्षकका रुपमा सम्मानित गरिएको छ । जनता मावि गौरादहकी पुजा पोख्रेल, मदन आश्रित प्राविकी सिता घिमिरे, गंगा देवी निरौला जनता मावि गौरादह ५, माधवप्रसाद निरौला प्रगति मावि, कपिलवती राजबंशी बालशिक्षक गेउरिया आधारभूत विद्यालय र स्कूचौन माविका विद्यालय कर्मचारी पदमलाल ताजपुरीयालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । एसइईमा उत्कृष्ट अंक ल्याउने इमिनेन्ट कञ्चनजंघा बोर्डिङ स्कुल र स्कूलचौन माविलाई पुरस्कृत गरिएको थियो ।
यस्तै स्कूलचौन माविका पूर्व प्रअ बाबुराम भण्डारी, डोरामारी माविका पूर्व प्रअ केदार भण्डारी, जनता माविका पूर्व शिक्षक भानु ढुगाना सहित १३ जना निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजबंशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत पर्शुराम भट्टराई, शिक्षा शाखा प्रमुख बिदुर आचार्य लगायतले धारणा राखेका थिए ।
सेयर गर्नुहोस्
२ आश्विन २०८१, बुधबार १८:०९