सिम्रिक सहकारीकाे नयाँ कार्यसमिति सर्वसम्मत, अध्यक्षमा पुनः भट्टराई

सेयर गर्नुहोस्

झापा, असाेज १
कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

संस्थाको १४औं वार्षिक साधारणसभा अन्तरगत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्न भदौ ३० बाट सुरु भएको निर्वाचन प्रक्रिया अन्तरगत आज अपरान्ह ३ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दा सर्वसम्मत नेतृत्व चयन भएको पाइएको हो ।

अधिवक्ता पवन कार्की संयोजक रहेको निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार संस्था सञ्चालक समितिको अध्यक्षमा सुवास भट्टराई पुनः चयन भएका छन् । यस्तै उपाध्यक्षमा किरण कपुरी, सचिवमा इन्द्रबहादुर कार्की र कोषाध्यक्षमा मेहरमान विष्टको मात्र उम्मेदवारी परेको थियो ।

संस्थाको सञ्चालक समितिका सदस्यहरुमा लीला मुखिया अधिकारी, शशिकला मुखिया, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविन योगी सर्वसम्मत भएका छन् ।

सिम्रिक साकोसका कार्यकारी प्रमुख कमल बस्नेतले दिएको जानकारी अनुसार संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा रमेश अधिकारी र सदस्यहरुमा मीनप्रसाद गुरागाईं र ओमराज राई पनि निर्विरोध चयन भए ।

नवनिर्वाचित नेतृत्वले भोलि असोज २ गते संस्थाको १४औं वार्षिक साधारणसभाको माइन्युट प्रमाणीकरण कार्यक्रमका बीच सपथ ग्रहण गराउँदै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिने कार्यक्रम रहेको कार्यकारी प्रमुख कमल बस्नेतले बताए ।