चप्रामारीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

सेयर गर्नुहोस्

झापा, २१ भदाै
मोटरसाइकलको ठक्करबाट झापाको कनकाई नगरपलिका -५ चप्रामारीस्थित भित्री सडकखण्डमा एक जना बालकको मृत्यु भएको छ ।
मोटरसाईकलको ठक्करबाट सोहि ठाउँ बस्ने सुन्तली टुडूका छोरा अन्दाजी ४ वर्षीय आर्यन टुडूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार विहिबार साँझ अन्दाजी ५बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नं को मोटरसाइकलले बाटो क्रस गर्दै गरेका बालक आर्यनलाई ठक्कर दिई घाइते बनाएको थियो । घाइतेलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने मोटरसाइकल र चालक झापा गाउँपालिका – २ बस्ने २४ वर्षीय बसन्त मुखियालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।