दमकमा भएकाे गौहत्याको चौतर्फी बिरोध

सेयर गर्नुहोस्

दमक,१९ भदौ
झापाको दमकमा गोठमा बाँधेको गाई चोरेर हत्या गरिएको छ । गौ हत्याको चौतर्फी विरोध भएको छ ।
दमक १ को खानेपानी ट्यांकी उत्तरमा बिहानै गाई मृत अवस्थामा फेला परेको थियो । स्थानीय लक्ष्मण विष्टको गाई गोठबाट चोरेर २ सय मिटर नजिकै हत्या गरिएको थियो । राप्रपा दमक र ब्राह्मण समाज नेपालले गौ हत्याको विरोध गरेका छन् ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले घटना निन्दनीय भएको र जघन्य अपराधमा सलग्न माथि कारवाहीको माग गरेका छन् । राप्रपा दमक नगर अध्यक्ष हेम सुबेदीले यो घटनाले आफूहरूलाई आघात पुर्‍याएको भन्दै घटनाको निन्दा गरेका छन् ।
यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गौहत्याको विरोध गरेका छन । नेकपा एमाले दमक नगर कमिटीले बिज्ञप्ती जारी गर्दै गाई हत्यामा संलग्न माथि कारवाहीको माग गरेको छ ।