दमक, १९ भदौ
दमक नगरपालिका ८ नम्बर वडा कार्यालयले सेवाग्राहीका लागि सिटि सफारीको व्यवस्था गरेको छ ।
कार्यालयमा सेवा लिन आउने र फर्कनेका लागि सिटी सफारीको व्यवस्था गरिएको हो । सबैको पहुँचमा यातायातका साधन नभएकाले व्यवस्था गर्नुपरेको वडा अध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश)ले जानकारी दिए ।
अहिले सामाजिक सुरक्षा भत्ता नविकरण र नयाँ दर्ताका लागि आउने ज्येष्ठ नागरिक, अपांगता भएका ब्यक्तिहरुले यो सेवा लिइरहेको उनले जानकारी दिए । वडा कार्यालय सम्म आउने, नगरपालिका सम्म जान, इलाका प्रशासन सम्म जान र आउनका लागि यो व्यवस्था वडा कार्यालयले गरेको हो ।
कतिपयले साधन नभएरै आउन नसकेको अवस्थामा फोन गरेर सिटि सफारी बोलाउने गरेको अध्यक्ष दाहालले जानकारी दिए । विद्युत चार्जबाट चल्ने यो साधान उपयोग गरे वापत सेवाग्राहीले शुल्क तिर्नुपर्दैन ।
सेयर गर्नुहोस्
१९ भाद्र २०८१, बुधबार १६:२०