सेयर गर्नुहोस्
दमक, १३ भदौ
दमक नगरपालिकाले सम्पत्ति कर उठाउनका लागि ताकेता थालेको छ । लामो समयदेखि बक्यौता रहेका फर्म तथा ब्यक्तिहरुलाई कर तिर्न नगरपालिकाले आग्रह गरेको छ ।
दमक नगरपालिकाले विराटनगर जुट मिल्सलाई सम्पत्ति र मालपोत कर तिर्नका लागि आग्रह गरेको छ । दमक ५ को आकाशे पुलको नजिकै रहेको मिल्सको नाममा रहेको ९ कठ्ठा ७.२५ धुर जग्गाको कर तिर्न ताकेता गरेको हो । दमक ५ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङले मिल्सका अध्यक्ष राजेन्द्र कार्कीलाई भेटेर कर तिर्न आग्रह गरेका छन् । मिल्सले २०६९।७० देखि सम्पति कर र मालपोत तिरेको छैन । यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहको स्वमित्वमा रहेको हिमालय गुडरिकले अहिले सम्म नगरपालिकालाई कर बुझाएको छैन ।