एमाले दमक ५ को अधिवेशनमा सेल्टरदातालाई सम्मान, अध्यक्षमा २ जनाको उम्मेद्वारी

सेयर गर्नुहोस्

दमक, ३२ साउन
नेकपा एमाले दमक ५ कमिटीले भूमिगत कालमा सेल्टरदतालाई सम्मान गरेको छ । आज वडा कमिटीको दोस्रो अधिवेशनका अबसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
भुमिगत अवस्थामा पार्टी विकास र बिस्तारमा योगदान गर्ने कमल दाहाल, सिताराम खतिवडा, सिताराम पोखरेल, दुर्गाप्रसाद पौडेल, पम्फा दाहाल लगायत ५७ जनालाई सम्मान गरिएको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली, दिपक कार्की, इन्द्र भण्डारी, अनुशासन आयोगका सदस्य अर्जुन राई, नेताहरु अम्बिका खनाल, बोधप्रसाद घिमिरेले सम्मान गरेका थिए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य ओलीले कार्यकर्ताको भावना अनुसारका कार्यक्रम अघि बढाउन निर्देशन दिनुभएको थियो ।
अध्यक्षमा दुई जनाको उम्मेद्वारी
पार्टीको वडा कमिटीको अध्यक्ष पदका लागि रोहितकुमार उप्रेति किरण र खड्गबहादुर भण्डारीले मनोनयन दर्ता गरेको निर्वाचन संयोजक अम्बिका खनालले जानकारी दिए । यस्तै उपाध्यक्षमा गम्भीरा कार्की, अनु ओडारी, सचिवमा हिन्दबहादुर बुढाथोकी र ललित गिरीको उम्मेद्वारी परेको छ ।