झापा, १५ साउन
त्रिभुवन विश्वविद्यालयले गौरादह कृषि क्याम्पस सञ्चालनका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न नसकिएको बताएको छ । त्रिभुवन विश्वविद्यालयको सभामा उपकुलपति प्रा. डा. केशरजंग बरालले बजेटको व्यवस्थापन नभए कृषि क्याम्पस सञ्चालनमा समस्या हुने बताएका छन् ।
उपकुलपति प्राडा केशरजंग बरालले चितवनको इन्जिनियरिङ क्याम्पस, झापाको गौरादहस्थित कृषि क्याम्पसमा दरबन्दी तथा बजेट पठाउन नसकेको भन्दै अब त्यहाँ सरकारको कार्यक्रम सञ्चालन गर्न नसक्ने बताए । शिक्षामन्त्री भट्टराईले पूरक बजेट ल्याउन नसक्ने भएकाले अहिलेकै बजेटबाट काम चलाउनुपर्ने बताइन् ।
‘कसरी गयौं भने हामीले आज भएको हाम्रो स्रोत साधनलाई राम्रोसँग सञ्चालन गर्न सक्छौं र दरबन्दीलाई पनि हामीले कसरी हामी मिलान गर्न सक्छौं भन्ने बारेमा एउटा ओएनएम सर्भे गरोस भन्ने अनुरोध गर्छु’, उनले भनिन् ।