खुला दौडमा सशस्त्रका नरेन्द्र र महिलातर्फ राज्यलक्ष्मीलाई उपाधि

सेयर गर्नुहोस्

दमक, २१ असार
दमकमा शुक्रवार सम्पन्न १० किलोमिटर लामो खुला सडक दौड प्रतियोगिताको उपाधि बैतडीका नरेन्द्रसिंह रावलले जितेका छन् । शसस्त्र प्रहरीमा कार्यरत रावलले ३१मिनेट ३० सकेण्डमा निर्धरित दुरी पार गरि उक्त उपाधि जितेका हुन्
।यसैगरि बझाङ घर भई शसस्त्रकै करण रावलले ३१ मिनेट ४६ सेकेण्डमा दोश्रो, ओखलढुंगाका मिङमारसिंगी तामाङ (३२ मिनेट २० सेकेण्ड) मा तेश्रो , चौथोमा तेह्थुमका विज्ञान लिम्बूले (३३ मिनेट २४ सेकेण्ड ) ,पाँचौमा भारतका विवेक क्षेत्री (३३ मिनेट ५७ सेकेण्ड) र छैठौंमा भोजपुरका पवन राई (३४ मिनेट ४२ सेकेण्ड) बने ।
मानव हित संरक्षण मञ्चले आयोजना गरेको पर्यटन प्रवद्र्धनका निम्ति दमकदेखि कमलसम्म १० किलोमिटर खुला सडक दौड प्रतियोगिताकै महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले ३९ मिनेट ४६ सकेण्डमा निर्धारित दुरी पार गरि प्रथम वन्न सफल भईन् । यसैगरि ४५ मिनेट १२ सेकेण्डमा भोजपुरकी बिनीता राई दोश्रो, भोजपुरकैं जुही राई (४५ मिनेट ५० सेकेण्ड) तेश्रो, पाँचथरकी पुष्पा शेर्मा लिम्बू (४८ मिनेट ५० सेकेण्ड) चौथो हुनुभयो । यस्तै, भोजपुरकी जुली राई (४८ मिनेट ३४ सेकेण्ड) पाँचौं र इलामकी यमुना लिम्बूले ५१ मिनेट ३३ सेकेण्डमा निर्धारित १० किलोमिटर दुरी पूरा गरि छैठौं स्थान प्राप्त गर्न सफल भएकी प्रतियोगिताकी संयोजक समुन्द्रा लामाले बताईन् । सो दौंडमा महिला र पुरुष दुवैतर्फ प्रथम हुनेलाई नगद रु ५० हजार,दोश्रोलाई रु २५ हजार,तेश्रोलाई रु १५ हजार,चौथोलाई रु ५ हजार ,पाँचौलाई रु ३ हजार र छैठौंलाई नगद रु २ हजार प्रदान गरियो ।
उनका अनुसार स्थानीय पुरुषतर्फ पाँच किलोमिटर दौडमा सरोज सिंह प्रथम,ओसन राई दोश्रो,पवनकुमार साह तेश्रो,सुमन भण्डारी चौथो र केशव थापा पाँचौं भईन् । महिलातर्फ सुनकला राई प्रथम,नुसा लिम्बू दोश्रो, समिक्षा परियार तेश्रो,अनुसा धिमाल चौथो,मनिका मुर्मु पाँँचौ र युनिशा लिम्बू छैठौं बन्न सफल भईन् । सो दौडको महिला र पुरुषतर्फ पहिलोलाई रु १५ हजार,दोश्रोलाई रु १०हजार,तेश्रोलाई ५ हजार,चौथोलाई रु २ हजार र पाँचौलाई रु १ हजार नगद पुरस्कार तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरियो ।
मानवहित संरक्षण समाजका अध्यक्ष पदम घिमिरेको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन,वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज तथा पूर्वमन्त्री हरिवोल गजुरेल ,बन राज्यमन्त्री वन्दना झाँगड, माओवादी कोशी प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर आङवो लगायतको उपस्थिति रहेको थियो ।