इटहरी, २४ जेठ
नेकपा एमाले सुनसरी जिल्ला अध्यक्षमा हालै निवार्चित तथा बराहक्षेत्र नगरपालिकाका निवर्तमान मेयर निलम खनालको निधन भएको छ ।
उपचारको लागि भारत जाने क्रममा नै खनालको निधन भएको एमाले नेताहरुले बताएका छन् । खनाल प्यांक्रियाजको जटिल समस्याको उपचार गराइरहेका थिए । उनी उपचारको लागि भारतको हैदरावाद जाने क्रममा तेलंगना राज्यको कागजनगर पुग्दा अध्यक्ष खनालको निधन भएको पुष्टि एमाले नेता मुरारी सुवेदीले फेसबुकमार्फत गरेका छन् ।
खनाल यही जेठ पहिलो साता इटहरीमा सम्पन्न एमालेको ८ औं अधिवेशनबाट जिल्ला अध्यक्षमा निवार्चित भएका थिए । पदाधिकारीमा खनालकै प्यानल जितेका थिए । सपथ ग्रहण पश्चात कार्यवाहक दिएर उनी फ्लोअप उपचारको लागि गएका थिए । निवार्चित भएपश्चात खनालको अध्यक्षतामा पदाधिकारी बैठक मात्र बसेको थियो ।