रतुवाले जीप बगाउँदा २ काे मृत्यु

सेयर गर्नुहोस्

झापा, २१ जेठ :इलामको चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ ।

इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको थियो । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । ‘जिपमा कति जना सवार भन्ने बारे एकिन भएको छैन । अहिलेसम्म २ जनाको शव फेला परेको छ,’ उनले भने । बच्चाको र महिलाको शव फेला परेको उनले बताए । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको ढकालले बताए ।