दमक,७ जेठ
गत वैशाख २१ मा दमकमा गोली प्रहारबाट गम्भीर घाइते भएकी किशोरी खर्च अभावले अस्पताल बाट डिस्चार्ज हुनै सकेकी छैनन् ।दमकमा गोली प्रहारबाट घाइते किशोरीलाई उपचार खर्च नभएर अस्पतालबाट डिस्चार्ज हुन सकिनन् । कक्षा १२ को परीक्षा दिएर निस्किदै गरेकी एरिका गजमेरलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेका थिए ।
गर्धनमा प्रहार गरिएको गोली उनको पेटमा लागेको थियो । गोलिको छर्रा लागेर उनको आन्द्रामा सात वटा प्वाल परेको थियो । स्थानीय लाइफलाइन अस्पतालमा उपचाररत उनलाई अस्पतालले दुई दिनअघि नै डिस्चार्ज दिएको थियो । उपचारका क्रममा करिब ६ लाख बिल भएको र उक्त रकम तिर्न नसक्दा उनी डिस्चार्ज हुनै नपाएकी हुन् ।उनकी दिदीले ऋण गरेर करिब डेढ लाख अस्पताललाई बुझाएको र बाँकी रकम तिर्न असमर्थ भएको बताइन् ।
’उपचार खर्च तिर्न नसक्दा अस्पतालले बिदा दिएकै छैन’, दिदीले दुःखेसो गरिन्,’अब यत्रो पैसा कसरी तिर्ने थाहै छैन।’दमकमा दिदीसँगै डेरा गरेर उनलाई करिब दुई वर्ष अघि शिक्षक यादवले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
जाहेरीपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । त्यसयता फरार उनले मुद्दा फिर्ता लिन नमान्दा एरिकालाई ज्यान मार्ने उद्देश्यले गोली प्रहार गरेको देखिन्छ । गोली प्रहारपछि फरार उनलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न नसकेको भन्दै परिवारले दुःख व्यक्त गरेको छ ।
सेयर गर्नुहोस्
७ जेष्ठ २०८१, सोमबार १९:५१