एमाले गौरादहः अध्यक्षमा ४ जना विच प्रतिष्पर्धा

सेयर गर्नुहोस्

र्गौरादह, ६ जेठ
नेकपा एमाले गौरादह नगरको दोस्रो अधिवेशनमा आज नयाँ नेतृत्व चयन हुदैछ । सहमतिको प्रयास क्षण भएसँगै अध्यक्षमा चार जनाको भिडन्त हुने भएको हो । अहिलेका कार्यवहाक अध्यक्ष गजेन्द्र घिमिरे, कार्यवहाक सचिव प्रकाश पराजुली, पूर्व अध्यक्षहरु दुर्गा गौतम र यादव अधिकारी मैदानमा छन् । मुख्यमन्त्री हिक्मत कार्कीको गृह नगर भएकाले पनि सर्वसम्मत गराउन दबाब दिदै आएका थिए । तर सहमतिको अनेकौ प्रयास बिफल भएपछी आज निर्वाचनको तयारी थालिएको हो । यस्तै उपाध्यक्षमा टिकादेवी घिमिरे सर्वसम्मत भइसकेकि छिन् । सचिवमा निर्मल बास्तोला, झरेन्द्र खतिवडा र अमर अधिकारी उम्मेद्वार छन् । २ जना उपसचिवमा ६ जना उम्मेद्वार छन् ।
अध्यक्षका उम्मेद्वार घिमिरेलाई मुख्यमन्त्री कार्की, केन्द्री सदस्य दिपक कार्कीको दरिलो साथ छ । उनी यस अघिको अधिवेशनमा पनि अध्यक्ष पदमा मित्रदेव काफ्ले सँग पराजित भएका थिए । उनी अघिल्लो कार्य समितिमा उपाध्यक्ष रहेका थिए । आज १० बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान हुदैछ ।