आम्दा अस्पताल दमकमा डाइलोसिस सेवा शुरू हुदै

सेयर गर्नुहोस्

 दमक, ८ बैशाख
आम्दा अस्पताल दमकमा मिगौला रोगीका लागि डाईलोसिस सेवा सञ्चालन गरिने भएको छ । अस्पतालले भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालको सहकार्यमा २० शैयाको डाइलोसिस सेवा विस्तार गर्न लागिएको हो ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता आज एक कार्यक्रमका बीच त्यस सम्बन्धी संझौता गरिएको आम्दा अस्पतालका प्रशासक सुमन नेपालले बताए ।
संझौतापत्रमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिखर कट्टेल र ओमसाई अस्पतालका निर्देशक बालकुमार पोख्रेलले हस्ताक्षार गरेका छन् । संझौता बमोजिम अवको दुई महिना भित्रमा डाईलोसिस सेवा शुरु गरिने उल्लेख छ । ओमसाईले चिकित्सकीयसहितको सवै सेवा उपलव्ध गराउने जनाईएको छ ।
आम्दामा डाइलोसिससेवा नहुदाँ यस क्षेत्रका सेवाग्रहीहरु दमक बाहिर डाइलोसिस सेवा लिन बाँध्य हुदैआएका थिए ।

दमकको आम्दा अस्पतालमा डाईलोसिस सेवा सञ्चालनमा आए पूर्वी मोरङ्ग, पश्चिम झापा, इलाम र पाँचथरका दक्षिणी क्षेत्रका लक्षित समुदायहरु लाभान्वित हुने अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. नबिन ढकालले बताए । ओमसाई पाथीभरा अस्पतालले लामोसमयदेखि डाईलोसिस सेवा उपलव्ध गराउदैं आएको छ ।
संझौतापत्र आदानप्रदान कार्यक्रममा आम्दा अस्पतालका पूर्व मेसु डा. प्रकाश शर्मा, डा.नबिन ढकाल,दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतको उपस्थिति रहेको थियो ।