दमकका वडालाई १५ करोड बजेट, सबैभन्दा बढी ३ नम्बरलाई (सूची सहित)

सेयर गर्नुहोस्

झापा, १२ जेठ
दमक नगरपालिकाले वडाहरुलाई कुल १५ करोड रुपैयाँ बिनियोजन गर्ने तयारी गरेको छ । पूर्वाधारमा ६० प्रतिशत, आर्थिक विकास १० प्रतिशत, सामाजिक विकास तथा शैक्षिक सुधार १५ प्रतिशत, वातावरण तथा बिपद् व्यवस्थापन ५ प्रतिशत र मर्मत सुधारमा १० प्रतिशत खर्च गर्न भनिएको छ ।
दमक नगरपालिकाले सोही अनुसारको योजना माग गर्न समेत निर्देशन दिएको छ । आगामी आर्थिक बर्षमा दमक ३ ले नगरपालिकाबाट सबै भन्दा धेरै बजेट प्राप्त गर्ने छ । यस्तै दमक ७ ले सबै भन्दा कम बजेट प्राप्त गर्ने छ । वडागत बजेट सिलिङ निर्माण गर्दा जनसंख्या ४५ प्रतिशत, क्षेत्रफल ३५ प्रतिशत, गरिबीको अवस्था १० प्रतिशत र वडागत आम्दानी १० प्रतिशत गरि निर्माण गरिएको छ ।