विद्यालक्ष्मीको २९ औ वार्षिक उत्सव सम्पन्न

सेयर गर्नुहोस्

झापा, २९ चैत
झापाको दमक ४ मा रहेको विद्यालक्ष्मी अंग्रेजी माध्यामिक विद्यालयको २९ औ वार्षिक उत्सव सम्पन्न भएको छ । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुत गरेका थिए ।
यस्तै विद्यालयका विद्यार्थीले प्राविधिक कौशल, पाक शिप समेत प्रस्तुत गरेका थिए । विद्यालयका अध्ययनरत विद्यार्थीले विद्युतीय सामाग्री बनाएर प्रदर्शमा समेत राखिएको थियो । धिमाल नृत्य, संगिनी नृत्य समेत विद्यार्थीले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन कोशी प्रदेशका सचिव कोषराज प्याकुरेलले समय सुहाउँदो प्रविधिको प्रयोग गरि व्यवहारिक शिक्षाको आवश्यकता रहेको बताएका थिए । प्याब्सन झापाका अध्यक्ष गौरिमान फागो, दमकका अध्यक्ष जर्नादन मैनाली, सचिव नविन योगी, माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतको समेत कार्यक्रममा आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अम्बिका सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा एसइई परिक्षा दिएका विद्यार्थीलाई विदाइ समेत गरिएको थियो ।
विद्यालयकी प्रध्यानाध्यापक एलिजा सिटौलाका अनुसार विद्यालय २०५१ सालमा स्थापना भएको थियो ।