दमक, ६ चैत
नेकपा एमालेको एघारौ जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट धमाधम भइरहेको छ । प्रतिनिधि छनौट अधिकाशं स्थानमा सर्वसम्मत भएको छ भने केही स्थानमा भने निर्वाचन भइरहेको छ ।
नेकपा एमाले झापाका सचिव शिवकुमार ढुंगेलका अनुसार आजै सबै वडाबाट प्रतिनिधि छनौट भइसक्ने छन् । सर्वसहमति नभएका स्थानमा निर्वाचनका माध्यमबाट प्रतिनिधि चयन भइरहेको उनले जानकारी दिए ।
झापाको दमकका अधिकाशं वडाबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका छन् । दमक नगर कमिटी उपसचिव सन्तोष दुलालका अनुसार दमक ८ र २ बाहेक अन्यत्र प्रतिनिधि चयन सम्पन्न भइसकेको छ । ती दुबै स्थानमा सहमतिका लागि प्रयत्न भइरहेको छ ।
दमकबाट निर्वाचित प्रतिनिधिहरु
दमक १
प्रेमप्रसाद कोइराला, गिरेन्द्र चम्लागाईँ, हरिप्रसाद न्यौपाने, भुमिका घिमिरे
दमक ३
गेहनाथ पोख्रेल, नविन बराल, चन्द्रप्रसाद गुरागाई, अस्मित लुइँटेल, देवका भूजेल, तुलसी पुरी
दमक ४
गिरिराज धिमाल, काजीमान पौडेल, गोविन्द श्रेष्ठ, रेनुका गड्तौला, एलिजा सिटौला
दमक ५
युवराज पौडेल(विवश), कमलप्रसाद दाहाल, होमराज खतिवडा, खड्गबहादुर राई,उर्मिला ओली, निर्मला भट्टराई
दमक ६
भगवान बस्नेत, कृष्ण अधिकारी, मुकुन्द आचार्य, टिका खतिवडा
दमक ७
गायत्रा लामिछाने, राधाकृष्ण आचार्य, जग्गनाथ लुइटेल
दमक ९
हिमा भट्टराई,खिनमाया पराजुली, महेन्द्र खड्का, समिन रिजाल, कुवेर भट्टराई,
दमक १०
चन्द्रबहादुर बिष्ट, मदन न्यौपाने, प्रेम चापागाई, कृष्णकुमारी न्यौपाने
सेयर गर्नुहोस्
६ चैत्र २०८०, मंगलवार १३:०९