कमलमा न्यायिक समिति विच अन्तकृया सम्पन्न

सेयर गर्नुहोस्

झापा, २ चैत
झापा र इलामका पाँच वटा स्थानीय तहका उपप्रमुखहरुले न्यायिक अनुभव आदानप्रदान गरेका छन् । कमल, गौरीगञ्ज, दमक, शिवसताक्षी र चुलाचुलीका न्यायिक समितिका संयोजकहरुले अनुभव सुनाएका हुन् ।
कमलनगर जेसीजले कमल ५ पाडाजुगीँमा गरेको कार्यक्रममा ती पालिलकाका न्यायिक समितिका सदस्य समेत सहभागी रहेका थिए । झापा जिल्ला न्यायधिश इश्वरमणि ओझाले स्थानीय तह विच अनुभव आदानप्रदानले न्यायिक समिति थप मजबुत बन्ने बताए । उनले स्थानीय तहबाट न्यायिक निरुपण भए अदालत सम्म पुग्नुपर्ने बाध्यताको समेत अन्त्य हुने बताए ।
कार्यक्रममा सहभागी दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई(प्रसाईं) ,शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की ,गौरिगंज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुंवर , इलामको चुलाचुली गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बु , कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले न्यायिक सम्पादनमा भोग्नुपर्ने समस्याका बारेमा अनुभव आदानप्रदान गरेका थिए । उनीहरुले कानुनी अस्पष्टता र केही प्राविधिक जटिलताका कारणले समेत शुरुवाती चरणमा सजहताको भोग्नुपरेको अनुभव सुनाएका थिए ।
जिल्ला न्यायधिश ओझाले सहभागीको जिज्ञासाको समाधान गरेका थिए । कार्यक्रममा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, वडा नम्बर १ का अध्यक्ष केदार कटुवालले शुभकामना मन्तव्य राखेका थिए । कमल गाउँपालिकाको न्यायिक समितिको सहयोगमा भएको कार्यक्रमलाई आगामी वर्ष समेत निरन्तरता दिने न्यायिक समिति संयोजक तिवारीले जानकारी दिइन् । उनका अनुसार न्यायिक पहुँच अभिबृद्धिका लागि समेत यो कार्यक्रम सफल भएको छ ।