दमककी सुमित्रा भण्डारी मधेस प्रदेश प्रमुखमा सिफारिस

सेयर गर्नुहोस्

झापा, २८ फागुन
मधेस प्रदेशको प्रदेश प्रमुखमा दमककी सुमित्रा भण्डारी नियुक्तिका लागि सिफारिस भएकी छिन् । नेकपा एमालेकी प्रदेश कमिटी सदस्य समेत रहेकी उनी झापाकी अग्रणी महिला नेतृका रुपमा चिनिन्छिन् । अखिल नेपाल महिला संघ झापाको दुई कार्यकाल अध्यक्ष रही सकेकी उनी यस अघि तत्कालिन नेकपाको सरकारले डेनमार्कको राजदूतका लागि सिफारिस गरेको थियो । तर सरकार ढलेका कारणले उनले नियुक्ति लिन पाइनन् । उनी दमक बहुमुखी क्याम्पसमा पूर्व प्राध्यापक समेत हुन् । भण्डारीलाई आज बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।