दमकमा ८ महिने शिशु हत्या आराेपमा आमासहित दुई पक्राउ

सेयर गर्नुहोस्

दमक, १ फागुन
बालकलाई पछारेर मारेको आरोपमा दमकमा बालककी आमा र अर्का एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७.३० बजेको समयमा दमक नगरपालिका ३ स्थित बेलडाँगी भुटानी शिविर सेक्टर बी फोर हट नं. ४३२ बस्ने ५० वर्षीय पञ्चबीर घिसिङको घरमा आश्रय लिएर बसेका २५ वर्षीया सुस्मिता बिश्वाका छोरा ८ महिनाका एरित ओलीलाई पञ्चवीर घिसिङले पछारेका थिए । अचेत अवस्थामा पुगेका बालकलाई उपचारका लागि दमक अस्पताल दमक पठाएकोमा इसीजी उक्त अस्पतालमा नरहेकाले इसीजी गराउनको लागि किओच बाल अस्पताल दमक पठाईएकोमा बच्चाको मृत्यु भईसकेको थियो ।
बालकको शव दमक अस्पतालको शवगृहमा राखिएको छ भने बालकलाई पछार्ने घिसिङ र बालककी आमा सुस्मिता बिश्वालाई इलाका प्रहरी कार्यालय दमकमा नियन्त्रणमा लिई घटनाका बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ढुण्डिराज गिरीले बताए ।