दमक, २७ माघ
झापाको दमकमा भोलि आइतवारदेखि पाँचौ दमक महोत्सव–२०८० शुरु हुदै छ । १२ फागुनसम्म चल्ने महोत्सवको सवै तयारी पूरा भएको आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ ।
दमक ७ को सयपत्री टोल स्थित रतुवा खोला किनारमा लाग्ने महोत्सवमा १ सय भन्दा बढी स्टलहरु रहेको अध्यक्ष गोपाल गुरागाईले बताएका छन् ।
महोत्सवको उदघाटन संघीय सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले गर्ने र सो दिन प्रवेश शुल्क नलाग्ने उनले बताए । महोत्सवमा अन्य दिन भने रु १ सयको प्रवेश शुल्क लाग्ने छ । महोत्सवमा दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरु सांगीतिक प्रस्तुति रहने प्रचार प्रसार उपसमितिका संयोजक तुलसीराम तिम्सीनाले बताए ।
उनका अनुसार महोत्सवमा उद्घाटनमा यहाँको साँस्कृतिक पहिचानहरुको प्रर्दशनी लगायतका कार्यक्रमहरु पनि रहेकाछन् । महोत्सवमा ६ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको र महोत्सवबाट बचत हुने रकम निर्माणाधीन इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने जनाईएको छ ।
सेयर गर्नुहोस्
२७ माघ २०८०, शनिबार २०:०१