एमाले झापाको अधिवेशन बैशाख १४ र १५ मा हुने

सेयर गर्नुहोस्

झापा, माघ २४
नेकपा एमाले झापाको ११ औं जिल्ला अबिधेशन २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ ।
माघ २३ र २४ गते भएको जिल्ला कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकले मिति तय गरिसकेका २ वटा पालिका कमिटीको अधिवेशन स्थगित गर्न निर्देशन दिएको पार्टी जिल्ला कमिटी सचिव शिव ढुगेंलले जानकारी दिए । फागुन महिनामा गर्ने गरी निर्धारण गरिएको दमक नगर कमिटी र झापा गाउँ कमिटीको अबिधेशन स्थगित गर्न निर्देशन दिने बैठकले निर्णय गरेको छ । २०८० चैत मसान्तसम्मका पार्टी सदस्य रहेकाहरुले प्रतिनिधि छनौटमा मतदाता हुन पाउने व्यवस्था गरिएको पाटीै जिल्ला प्रचार बिभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए । जेठ १५ गतेसम्ममा पालिकाका कमिटीको अबिधेशन गर्ने र जेठ मसान्तसम्ममा वडा कमिटी अबिधेशन गर्ने तालिका बनाउन मातहत कमिटीलाई निर्देशन दिने निर्णय भएको जिल्ला सचिव ढुङ्गेलले जानकारी दिए ।