कमल गाउँपालिका बालमैत्री शासनयुक्त घोषणा गरिदै

सेयर गर्नुहोस्

झापा, १८ माघ
झापाको कमल गाउँपालिकालाई बाल मैत्री शासन युक्त स्थानीय तह घोषणा गर्ने तयारी गरिएको छ । माघ २० गते कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वाल मैत्री स्थानीय शासन गाउँपालिका घोषणा गर्ने तयारी गरिएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलन गरि बालमैत्री घोषणाका लागि सवै तयारी पूरा भएको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले कमल गाउँपालिका बालमैत्री घोषणा हुने कोशी प्रदेशकै पहिलो गाउँपालिका हुने बताए । मुलुकको २३ औ बालमैत्री स्थानीय तह हुने उनले उल्लेख गरे । कमलका सबै वडा यस अघि नै बालमैत्री शासनयुक्त घोषणा भइसकेका छन् ।
पालिका अन्तर्गत कमल ४ वडाले २०७८ फागुन २३ गते पहिलो पटक वडालाई बामैत्री घोषणा गरेको थियो । त्यसपछि ७ नम्बर वडाले २०७९ बैशाख ९ गते, वडा न। २ ले २०७९ बैशाख १४ मा , चौथो रुपमा ३ नम्बर वडाले २०७९ असार २४ गते, पाँचौ रुपमा कमल ५ ले २०८० असोज १२ गते , कमल ६ ले २०८० असोज २५ गते र कमल १ ले सातौ वडाका रुपमा २०८० असोज २६ गते बालमैत्री वडा घोषणा गरेको उल्लेख छ ।
पालिकाले २०७८ साल भित्र पालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ काम तीव्र बनाएको र त्यसैअनुरुप लक्ष्यमा भने केहि ढिला भएपनि सफलता प्राप्त गर्न सफल भएको अध्यक्ष राईले बताए । बालमैत्री घोषणाका लागि प्रदेश सरकारले समेत सहमति पत्र प्राप्त भएपछि अव भने पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न लागिएको उनको भनाई छ ।
गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बालबालिकालाई सक्षम बनाउदै बाल मैत्री अवधारणालाई थप सुदृढ बनाउने बताइन् । उनले गठन भएका बाल क्लबले योजना बनाउन र कार्यान्वयन गर्न समेत सक्षम रहेको बताइन् ।
वालमैत्री घोषणाका लागि सेवा प्रवाहका ३६ वटा सुचक र संस्थागत १५ गरी ५१ वटा सुचक पूरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत राजुकमार शाक्यले जानकारी दिए ।
उनका अनुसार बालमैत्रीका लागि कमलका ७ वटै वडातहमा त्यस सम्बन्धी राजनीतिक दल ,विभिन्न संघ संस्था, उद्योगी, ब्यवसायी, निजी तथा सरकारी विद्यालय,वाल क्लवका प्रमुख र प्रतिनिधि,सरोकारवालाहरुसंग छलफल गरिसकिएको छ । यस अघि प्रदेश सरकारले बाल मैत्री स्थानीय तह घोषणाका लागि सबै पूर्वाधार पुगेको उल्लेख गरेको थियो ।