सेयर गर्नुहोस्
विराटनगर,८ माघ
राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकार्य गर्ने सहमति भएको छ ।
एमालेले अन्य तर्फका उम्मेदवार परशुराम अधिकारीलाई ब्याक गराएर राप्रपाका उद्धव पौडेललाई सहयोग गर्ने सहमति भएको हो ।
एमालेले अब अन्यतर्फ राप्रपाका पौडेललाई सहयोग गर्ने र महिलातर्फ एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने दुई दलबीच सहमति जुटेको हो । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुदैछ ।
दुई दलबीच भएको सहमति पत्र सार्वजनिक भइसकेको छ । जसमा एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडा र राप्रपा प्रदेश अध्यक्ष राम थापाले हस्ताक्षर गरेका छन् ।