दमक ,१४ बैशाख । झापाको दमकमा अल्फाविटाको १३ औं शाखा सञ्चालनमा ल्याईएको छ ।अल्फाविटा दमक शाखा सञ्चालनको जिम्मा पाएको कमारी एजुकेशन कन्सल्टेन्सी प्रालिले आज पत्रकार सम्मेलन गरि शाखा सञ्चालनमा ल्याइएको जनाएको हो । विगत तीन दशकदेखि काठमाडौं बाहेक अल्फाविटाका देशभरिका मुख्य शहरमा शाखा सञ्चालित छन् ।
अल्फाविटा विदेशमा उच्च शिक्षा अध्ययनका लागि विश्वासिलो,भरपर्दो एक पूरानो शैक्षिक संस्थाका रुपमा स्थापित छ ।कन्सल्टेन्सीका प्रवन्ध निर्देशक राजु थापाले अल्फाविटा शाखा दमकले पाउनु यहाँको लागि गर्वको बिषय भएको बताए । उनका अनुसार अल्फाविटाको शाखा सञ्चालनको पूर्व सन्ध्यामा भोलि शुक्रवार दमकमा शैक्षिक सरोकारवाला निकाय, संघ संस्था तथा सर्वसाधारणको सहभागितामा बृहत अन्तरक्रिया तथा मोटिभेसनल कक्षा सञ्चालन गरिनेछ ।
नबिल बैँक तथा मेघा बैँका पूर्व कार्यकारी प्रमुख अनिल केशरी साहले सो अन्तरक्रियामा सहभागीहरुको जिज्ञासा समाधान गर्नुका साथै विश्व शैक्षिक जगतको अवस्था र नेपालीहरुको आवश्यकता तथा अवस्थाका बारेमा जानकारीमूलक प्रशिक्षण दिने छन । करिब ३ सय बढीको सहभागितामा मारवाडी सेवा सदनमा सञ्चालन गरिने सो कार्यक्रमले बिदेश अध्ययन गर्न जाने तथा पठाउने बिद्यार्थीहरुमा सकारात्मक उर्जा प्रदान गर्ने विश्वास आयोजकले लिएको छ ।
पत्रकार सम्मेलनमा कन्सल्टेन्सीका अध्यक्ष दिनेश अधिकारी , प्रबन्ध निर्देशक नविन योगीले सो कम्पनीले गहिरो अध्ययन , मेहनत र परामर्शपछि अल्फाविटाको शाखा प्राप्त गरेको बताउँदै विश्व शैक्षिक जगतमा नेपाली बिद्यार्थीहरुले आर्जेको ज्ञान र सिकेको सीपका माध्यमबाट स्वदेशमा समेत योगदान पुग्न सक्ने भएकाले शैक्षिक परामर्श केन्द्रहरुको सञ्चालनलाई सकारात्मक रुपमा लिन आग्रह गरे ।
सो कन्सल्टेन्सीले विशेष गरि अष्टेलिया, अमेरिका , युकेसहित विश्वका २० मुलुकमा रहेका विभिन्न उत्कृष्ठ विश्वबिद्यालयहरुमा अध्ययनका लागि उपयुक्त परामर्श सेवा प्रदान गर्ने जनाइएको छ । दमकको वेलडाँगी रोडमा शाखा खोलिएको सो कन्सल्टेन्सीमा आयल्स तथा विभिन्न भाषाका कक्षाहरु समेत सञ्चालन हुनेछन् । आयल्स,व्रिजकोर्ष कक्षाको परामर्शदाताका रुपमा देवराज पौडेल छन् ।
सेयर गर्नुहोस्
१४ बैशाख २०८०, बिहीबार १८:४०