झापा, २५ पुस
डाईनामिक पब्लिक लाईब्रेरी नेपाल डिपीएलको चौथो राष्ट्रिय महाधिवेशन झापाको कमल गाउँपालिकामा हुने भएको छ ।
पुस २८ गते हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आज दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराइयो । पुस २८ गते कमल गाउँ पालिकाको पाडाजुगी स्थित रोड स्टार पार्टी प्यालेसमा हुने राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको लाइब्रेरीका वरिष्ठ उपाध्यक्ष वालचन्द्र कार्कीले बताए । देशै भर १० वटा शाखा रहेको डाईनामिक पब्लिक लाईब्रेरी नेपालले महाधिवेशनमा अतिथि सत्कार ,प्रचार प्रसार र स्टेज ब्यवस्थापन लगायतका विभिन्न उपसमितिले तयारीका काम गरी रहेको जनाएको छ । डिपीएल कमल गाउँ समितिको आतिथ्यमा महाधिवेशन हुने शाखा अध्यक्ष जीवन सापकोटाले जानकारी दिए । महाधिवेशनमा उद्यमशिलाता बहस समेत सञ्चालन गर्ने तयारी छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि बद्री वरालको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति रहेको संस्थाका पूर्व अध्यक्ष विनोद उप्रेतीले बताए ।
निर्वाचन समिति सदस्यहरुमा विनोद उप्रेती र भुपेश कोइराला रहेका छन् । डिपीएलमा एक वर्षे अवधि एक कार्यकाल नेतृत्व गर्न पाउने प्रावधान रहेको छ । लाइब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपानेले दैनिक युवाहरु एक दर्जन जतिले लाइव्रेरीमा दर्ता गरेर किताब पढन लैजाने र ल्याउने गरेको बताए । डिपीएल न्यौपानेकै संयोजकत्वमा निर्माण भएर अहिले मुलुकभरका बिभिन्न स्थानमा शाखा सञ्चालन रहेका छन् ।
सेयर गर्नुहोस्
२५ पुष २०८०, बुधबार १९:४९