एमाले कोशीद्वारा राष्ट्रिय सभाका लागि ७ जनाको नाम सिफारिस

सेयर गर्नुहोस्

 विराटनगर, २० पुस
आगामाी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लािग नेकपा एमालेले कोशी प्रदेशबाट सात जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार काठमाडौँमा बसेको एमाले कोशी प्रदेश कमिटीको पदाधिकारी बैठकले ४ पुरुष र ३ महिला गरी सात जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार पुरुषतर्फ भोजपुरका परशुराम अधिकारी, झापाका उमानाथ ओली, खोटाङका कर्ण घले र झापाका हरिशचरण बानिँयाको नाम सिफारिस भएको छ । यीमध्ये अधिकारी नेकपा विभाजनपछि माओवादीबाट एमालेमा आएका हुन् ।

यस्तै महिलातर्फ रुकमिणी कोइराला, मेचिमाया धिमाल र रोशनी मेचेको नाम सिफारिस गरिएको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा कोशीमा दुई सिटका लागि चुनाव हुँदै छ ।