वडामै पुगेर गौरादहका जनप्रतिनिधिले नागरिकका गुनासो सुन्ने

सेयर गर्नुहोस्

झापा, १०
झापाको गौरादह नगरपालिकाका जनप्रतिनिधी वडामै पुगेर नागरिकको गुनासो सुन्ने भएका छन् । नगरपालिकाले एउटा वडामा २ दिन सम्म जनप्रतिनिधी बसेर नागरिक सुझाव, सल्लाह र अपेक्षा सुन्ने छन् ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले जनताको घर सम्म पुगेर सेवा प्रवाह, विकास निर्माणका बिषयमा अन्तकृया गरिने बताए । उनका अनुसार १८ दिन सम्म नागरिकका गुनासा, अपेक्षा सुनिने छ ।
नगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाका प्रमुख सहित सम्बन्धित वडाअध्यक्ष प्रत्येक वडामा २ दिन सम्म बस्ने छन् ।
‘नागरिक सँग गरिएका प्रतिबद्धता कति पुरा भए, कति प्रकृयामा छन्, बुझाउने र बुझ्ने अवसर पनि हुने छ–नगर प्रमुख सुवेदीले भने–’योजना निर्माणमा उनीहरुको अपेक्षा समेत समावेश गर्न सकिने छ । मंसिर १३ गते ९ नम्बर वडा बैगुन्धुराबाट यो कार्यक्रम शुरु हुने छ । प्रत्येक वडामा २ दिन सम्म बसेर मतदाताका समस्याहरुका बारेमा जानकारी राखिने छ । ‘जनप्रतिनिधि निर्वाचित भएपछी मैले यो काम गर्ने भनेर प्रतिबद्धता जनाएको थियाै, सुवेदीले भने– ‘यसले सेवा प्रवाह र सुशासन समेत कायम राख्न हामीलाई थप जिम्मेवार समेत बनाउने छ ।’