गाैरादहमा ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम बैगुन्धुराबाट शुरू

सेयर गर्नुहोस्

झापा, मंसिर १३
झापाको गौरादहमा नागरिकको अपेक्षा र गुनासो सुन्न जनतासँग जनप्रतिनिधि कार्यक्रमको शुरु गरिएको छ । नगरका ९ वटै वडामा १८ दिन सम्म यो कार्यक्रम निरन्तर हुने छ ।
आज गौरादह ९ बाट यो कार्यक्रम शुरु भएर मंसिर ३० गते गौरादह १ मा गएर सकिने छ । गौरादहको बैगुन्धुरा बजारमा भएको कार्यक्रममा स्थानीयले विकास, निर्माण, सुशासन, रोजगारी र अन्य सरकोकार बिषय उठाएका थिए । गौरादह ९ का रेडक्रसकर्मी प्रकाशचन्द्र खरेलले विपद् जोखिम न्युनिकरणका लागि नगरपालिकाले ध्यान नदिएको गुनासो गरे । उनले नगरपालिकाले जोखिम प्रतिकार्यका लागि सहायता र सामाग्री नगरपालिकाले उपलब्ध गराएपनि त्यो पर्याप्त नभएको गुनासो गरे । यस्तै सुमित खतिवडाले व्यवसायिक शिपमुलक तालिम, लोकसेवा तालिम बजार मात्रै केन्द्रित भएको गुनासो गरे ।
गौरादह वडा नम्बर २ का अध्यक्ष गोपाल कोइरालाले नगर भित्र सुशासन कायम राख्न भएका कामको चर्चा गरेका थिए । सुशासन समितिका संयोजक समेत रहेका उनले नागरिकका गुनासो सम्बोधन गर्नका लागि वडासम्मै पुग्ने गरि काम थालिएको बताए । उनले नागरिकको निरन्तरको खबरदारीले मात्रै जवाफदाही स्थानीय सरकार बन्ने उल्लेख गरे । गाैरादह ९ का वडा अध्यक्ष उपेन्द्र निराैलाले सिमित स्राेध साधनका विच नागरिकका अपेक्षा पुरा गर्ने गरि काम गरिररहेकाे बताए ।
कार्यक्रममा गौरादह नगरपालिकाकी उपप्रमुख जलवर्षा राजबंशीले महिला हिंसा अन्त्यका लागि सबै पक्षले सकरात्मक सहयोगको खाँचो रहेको बताइन् । उनले १६ दिने महिला हिंसा बिरुद्धको अभियानका क्रममा वडा तहसम्मै पुगेर सचेतना र प्रतिबद्धता सँग सँगै राखिएको बताइन् । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले नागरिकको विकासका आकाक्षालाई नगरको न्युतम बजेट भएपनि कार्यान्वयन गरिने बताए । सिमित स्रोध साधन, न्यून आन्तरिक स्रोतले नगरपालिका चलिरहेको छ, हामी जनताका माग र अपेक्षा लिन टोल सम्मै पुगेका छौ, उनले भने, यसले तपाईहरुको समस्या, भोगाइ र अनुभवले आगामी दिनमा हामीलाई मागनिर्देशन गर्ने छ । उनले आगामी बषका लागि योजना निर्माणमा सुझाव महत्वपूर्ण हुने बताए । रोजगारी निर्माण, प्राविधिक शिप सिकाउनका लागि हामीले थप प्राविधिक कक्षाहरु थप गर्दै लैजाने सोच बनाएका छौ, उनले भने, मतदाताको निरन्तरको सुझावले हामीलाई थप जिम्मेवार बनाउदै लैजाने छ ।