मोरङ, १२ मंसिर
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले उर्लाबारीका ५ जना शेयर सदस्य तथा परिवारलाई सदस्य राहत प्रदान गरेको छ ।
उर्लाबारी(बरगाछी) सेवा केन्द्र प्रमुख सरोज बस्नेतले कमल गाउँपालिकाका शेयर सदस्य बिष्णु बहादुर खत्रीलाई नगद ९० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । उनको मृगौला प्रत्यारोपण गरिएको छ । उर्लाबारीको सुनगाभा बोर्डिङ स्कूलका शिक्षक खत्रीलाई बोर्डिङमा नै उक्त रकम हस्तान्तरण गरिएको हो । यस्तै सहकारीले उपचार खर्च स्वरूप उर्लाबारी –४ कि लक्ष्मी निरौलालाई ६ हजार ६ सय ४६ रुपैयाँ ,उर्लाबारी –८ कि तिर्थ कुमारी खनाललाई १४ हजार १७ रुपैयाँ , उर्लाबारी –७ कि कविता सिवालाई ३ हजार ८ सय २५ रुपैयाँ र मिक्लाजुङ –६ मोरङ निवासी सुस्मा मगरलाई ३ हजार ७ सय ७९ रुपैयाँ मंगलबार नै हस्तान्तरण गरेको छ । यसै आर्थिक बर्षमा उक्त सहकारीको सो सेवा केन्द्रले १० जनालाई उपचार खर्च उपलब्ध गराएको प्रमुख बस्नेतले जानकारी दिएका छन् । उक्त अवसरमा रतुवामाई नगरपालिका दाम्राभिट्टा सेवा केन्द्र प्रमुख समीर दाहाल र बरगाछी सेवा केन्द्रकि कर्मचारी लक्ष्मी निरौलाको पनि उपस्थिति रहेको थियोे ।
सेवा केन्द्र प्रमुख बस्नेतले संस्थाका शेयर सदस्य र तीनका परिवारहरुको घर, पसल आदि स्थानमा नै पुगेर उपचार राहत रकम प्रदान गरिने गरेको बताएका छन् ।
संस्थाका शेयर सदस्यको, सदस्यको श्रीमान्/ श्रीमतीको, बुवा/आमाको, छोरा/ छोरीको उपचार गर्दा लागेको खर्च राहतस्वरुप प्रदान गर्ने संस्थाको निती रहेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेतले जानकारी दिए । झापाको बिर्तामोड मुख्य कार्यालय रहेको संस्थाले झापा, मोरङ ,इलाम र पाँचथरका ४८ वटै सेवा केन्द्रमा यो कार्यलाई निरन्तरता दिइएको छ ।
सेयर गर्नुहोस्
१२ मंसिर २०८०, मंगलवार २०:३२