गौरादहमा सवारी दुर्घटनाः एक जनाको मृत्यु

सेयर गर्नुहोस्

गौरादह, १२ मंसिर
झापाको गौरादह ३ कार्कीचोकमा आज अपरान्ह सिटी सफारी र पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बेल्ला कम्पनीको पानीबोकेको पिकअप र सिटि सफारी एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनाबाट सिटिसफारी चालक गौरादह २ बस्ने अन्दाजी ५० बर्षिय रघुनाथ काफ्लेको मृत्यु भएको छ भने अन्य घाइते रहेको प्रहरीले जनाएको छ। गौ नपा ५३ नम्बरको सिटी र पिकअप अस्थायी नम्बर २५३ आपसमा ठोकिएकाे गौरादह ट्राफिक प्रमुख लक्ष्मी ओझाले जानकारी दिए ।

सिटिमा सवार भएका २ जना मध्ये १ जनाको अवस्था सामान्य रहेको अन्य एक जनालाइ थप उपचारका दमक लगिएको जनाइएको छ ।