झापाका सिडियो पोख्रेलको सरुवा

सेयर गर्नुहोस्

झापा, १० मंसीर
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलको सरुवा भएको छ । उनी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सूदुरपश्चिममा प्रदेश सचिवका रुपमा सरुवा भएका हुन् । उनी २०७९ माघ १२ देखि झापामा कार्यरत रहेका थिए । यस्तै सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको पनि सरुवा भएको छ । उनी बागमति प्रदेश मुख्यमन्त्री कार्यालयमा व्रदेश सचिवका रुपमा सरुवा भएकी छिन् । झापाका पूर्व जिल्ला शिक्षा अधिकारी रहेका लक्ष्मीप्रसाद भट्टराईको कोशी प्रदेश प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सचिवका रुपमा आउने भएका छन् । उनी मधेश प्रदेशको शिक्षा मन्त्रालयमा कार्यरत रहेका थिए । उनीहरु सँगै ७१ जना सहसचिवको सरुवा एकैपटक निस्किएको छ ।