एमाले कोशी प्रदेशको जिम्मेवारी बाडफाँड, झापा ५ को इञ्चार्जमा होम थापा (सूची सहित)

सेयर गर्नुहोस्

झापा, ४ मंसीर
नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्यहरुको कार्यबिभाजन गरिएको छ । पार्टीको कार्तिक २१ गते विराटनगरमा सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले नेताहरुको बिभिन्न जिम्मेवारी तोकेको हो ।
पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले स्कूल बिभाग, उपाध्यक्ष टिकाराम चेम्जोङ निर्वाचन बिभाग, सचिव राजकुमार भण्डारी संगठन बिभाग, उपसचिव जलवर्षा राजबंशी शहरी विकास बिभाग, उपसचिव देवान राईले बिज्ञान र प्रविधि बिभागको जिम्मेवारी पाएका छन् । यस्तै तेह्रथुमका लक्ष्मण तिवारीले प्रचार तथा प्रकाशन बिभागको जिम्मेवारी पाएका छन् । झापाको क्षेत्र नम्बर ५ को ईञ्चार्जमा होमबहादुर थापा, प्रदेश सभा क को इञ्चार्जमा अमर शिवाकोटी र ख को इञ्चार्जमा अम्बिकाप्रसाद खनाल तोकिएका छन् । बैठकले ३८ सदस्यीय सचिवालय समेत बनाएका छ । बैठकले दमकका घनेन्द्र सुब्बा सहित ११ जनालाइ प्रदेश कमिटी सदस्यमा मनाेनित गरेकाे छ ।