जुवाको खालबाट गौरादहबाट १५ जना पक्राउ

सेयर गर्नुहोस्

झापा, १ मंसिर
झापाको गौरादहमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ३ बजे उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
गौरादह ३ का युवराज खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गौरादह र दमकको टोलीले उनीहरुको साथबाट एक लाख ३५ हजार ९ सय पैतिस रुपैयाँ समेत बरामद गरेको छ । जुवा खालबाट १६ थान कौडा र ३ बुक तास समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धानका लागि राखिएको छ ।