दमक, २५ कार्तिक
दमक नगरपालिकाले प्रलोभनमा परेर मेलाका नाममा जुवा खेलाउन स्वीकृति दिइएको आरोप लागेको छ । दमक नगरपालिकाका २ पटक नगर प्रमुख भइसकेका रोमनाथ ओलीले अहिलेको नगरपालिकाको नेतृत्वले त्यस्ता बिकृत जन्य कुरालाई प्रश्रय दिएको आरोप लगाएका छन् ।
आज प्रेस चौतारीले गरेको कार्यक्रममा ओलीले बिगतमा बिकृति आएको भनेर मेला बजार रोकेपनि अहिले दसैँ र तिहारमा मेलाका नामामा बिकृति ल्याइएको आरोप लगाए । उनले भने–हामीले बिकृति आयो भनेर रोक्यौ, अहिले मेला बजार शुरु भयो, तास जुवा शुरु भए, मेला बजार त देखावटी मात्रै हो, आसपासमा तास जुवा चल्छ । एमाले केन्द्रीय सदस्य समेत रहेका ओलीले जुवाका नाममा पैसाका दुरुपयोग भएको र आपराधिक गतिविधी हुने गरेको उल्लेख गर्दै त्यसले समाजलाई बिकृत बनाउने बताए । जसले यस अघि यसो गर्नुहुदैन भनेर भन्नु भयो, अहिले तीनै साथीहरु यो काम गर्दा मलाई अचम्म लागेको छ,, ओलीले भने, हामी बहुमतमा हुदा पनि एक जना विपक्षी वडा अध्यक्षको समेत भावनाको कदर गर्ने गरेका थियौ । त्यस बेला नगरपालिका कार्यपालिकाले नै निर्णय गरेर यस प्रकारमा मेला लगाउन नदिने निर्णय गरेको थियो । तर दमकमा दसै देखि अहिले सम्म २ स्थानमा मेला चलिरहेका छन् ।
सेयर गर्नुहोस्
२५ कार्तिक २०८०, शनिबार १६:०१