भूकम्प पीडितको राहतमा बिभेद नगर– नेता दाहाल

सेयर गर्नुहोस्

दमक, २५ कार्तिक
नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पका कारण क्षति व्यहोरेका पिडीतहरुलाई विना विभेद उद्धार र राहतको काममा जुट्न सरकारलाई आग्रह गरेका छन् । उनले राहत वितरणमा समेत राजनीति हुनु दुखदः भएको बताए ।

शनिबार दमकमा भएको शुभकामना आदन प्रदान कार्यक्रममा नेता दाहालले भुकम्प पिडीतहरुले उद्धार तथा राहतमा समेत विभेद भएको र पूर्वाग्रह राखिएको गुनासो गरेकाले त्यो विषय गम्भिर भएको उल्लेख गरे । ‘यदि त्यस्तो भएको हो भने यो गम्भिर हो, सरकारको यसबारेमा ध्यान जान जरुरी छ’ उनले भने, ‘२०७२को भुकम्पमा समेत यस्तो थिएन तर यस पटक किन यस्तो गुनासो आई रहेको छ, गम्भिर हुनु पर्यो ।’

प्रेस चौतारीले गरको कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य सुमेत रहेका दाहालले लामो बलिदान र संघर्षबाट प्राप्त उपलब्धी बिरुद्ध धावा बोल्ने कार्यको विरोध गरे । उनले भने– चिहानमा गइसकेको राजनत्त्र फेरि फर्कने सम्भावना नै छैन् । उनले पूर्वी नेपालको समाज रुपान्तरणमा महागुरु एवम् राष्ट्रिय विभूती फाल्गुनन्दको योगदान महत्वपूर्ण रहेको पनि उल्लेख गरे । महागुरुको जन्मजयन्तीको सन्दर्भमा आफ्नो धारणा राख्दै नेता दाहालले फाल्गुनन्दको विचार र दर्शन अनुशरण गरेर समाज रुपान्तरण र विकासमा लाग्न आवश्यक भएको समेत उल्लेख गरे ।