झापा, २२ कार्तिक
झापाको कमल ६ का अनिल कार्कीको मृत्यु प्रकरणको छानविनमा सघाउने कमल ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईले प्रतिबद्धता जनाएका छन् । कार्तिक १२ गते आफ्नै घरमा आत्महत्या गरेका कार्कीको मृत्युका बिषयलाई आन्दोलन समेत भएको थियो । वडा अध्यक्ष भट्टराईले अनुसन्धानमा सघाउने जनाएका हुन् ।
उनले प्रेस बिज्ञप्ती जारी गर्दै कार्कीको मृत्युको बिषयमा अनावश्यक रुपमा मुछ्न खोजिएको दाबी गरेका छन् । उनले घरायसी झगडाका क्रममा विवाद समाधानका लागि जादा सामान्य धकेलाधकेल मात्रै भएको उल्लेख गरेका छन् । कार्कीले श्रीमतिलाई कुटपिट गरेपछी बोलाएर आफू त्यहाँ गएको भट्टराईको दाबी छ । कार्कीको निधनमा उनले दुखः ब्यक्त गर्दै प्रशासनले गर्ने अनुसन्धानमा सबै खाले सहयोग गर्ने बताएका छन् ।
सेयर गर्नुहोस्
२२ कार्तिक २०८०, बुधबार २०:४५