गौरादह, १७ फागुन
झापाको गौरादह कृषि क्याम्पसमा गौरादहका विद्यार्थीका लागि ३ वटा सिट थप भएको छ । बिएसस्सी एजी (कृषि स्नातक) अध्ययन गर्न चहाने गौरादहका विद्यार्थीका लागि यो कोटाच थप भएको गौरादह कृषि क्याम्पस स्ववियू अध्यक्ष विक्रम तिवारीले जानकारी दिए । अब कोटा थप भएसँगै कृषि क्याम्पसमा प्रथम वर्षका लागि ५३ जना विद्यार्थी भर्ना हुने छन् । ती मध्ये २६ जना मेरिट लिष्टबाट, २ जना छात्रा, आदीबासी जनजाति १, मधेसी २, दलित, मस्लिम, आपाङ, थारु, अन्य कोटाले एक/एक जना भर्ना पाउने छन् । गौरादह नगरपालिकाले स्थानीय कोटा माग गरेको थियो । सोही अनुसार त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले अब हुने भर्नामा स्थानीय कोटा थप गरेको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए ।
गौरादह नगरपालिकाले कृषि क्याम्पसमा अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई छात्रवृत्तिका लागि बजेट समेत बिनियोजन गरिसकेको छ ।
सेयर गर्नुहोस्
१७ कार्तिक २०८०, शुक्रबार १०:१३