नेकपा एमाले शिवसताक्षीद्वारा पूर्व जनप्रतिनधिलाई सम्मान

सेयर गर्नुहोस्

झापा, १६ कार्तिक
नेकपा एमाले शिवसताक्षी नगर कमिटीले पुराना कम्युनिष्ट नेता तथा पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बिहिवारआयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा २०४६ साल अघि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको हो ।

तत्कालिन अवस्थामा नेकपा एमालेबाट निर्वाचित ८० बढी पूर्व जनप्रनिधिहरुलाई सम्मान गरिएको नेकपा एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ । उनीहरुलाई केन्द्रिय सदस्य तथा नगर इन्चार्ज मेनुका काफ्ले, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नंं ४ का सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, जिल्ला अध्यक्ष दिपक कार्की, जिल्ला सचिव शिव ढुंगेल, जिल्ला कमिटी सदस्य नरमाया कार्की, नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा लगायतले दोसल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए ।

तत्कालिन समयमा सतासीधाम, धरमपुर, शिवगञ्ज, पाँचगाछी गाविसमा नेकपा एमालेबाट निर्वाचित गाविस अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सम्झदै, उहाँहरुले पार्टीमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष मेगाहाङ्ग थोप्राले जानकारी दिए ।

नेकपा एमाले केन्द्रिय सदस्य मेनुका काफ्लेले अग्रजकाे याेगदानका कारण अहिले नेकपा एमाले बिशाल पार्टि बनेकाे बताइन् । प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले जनताकाे पक्षमा निरन्तर काम गरिरहने अग्रजकाे प्रेरणाले थप उर्जा थपेकाे उल्लेख गरे । शुभकामना आदान प्रदान कार्यक्रमा नेकपा माओवादीका नगर अध्यक्ष महेन्द्र भट्टराई, नेपाली कांग्रेसका नगर उपसभापति सन्त फेउदिनले समेत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगर उप सचिव भिम लिवाङ्गले गरेका थिए ।