खेति प्रणालीमा सुधार गरिनुपर्छ– ओली

सेयर गर्नुहोस्

गौरादह, ३० असोज
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले परम्परागत खेती प्रणालीमा सुधार गरि कृषिलाई आधुनिक प्रविधियुक्त बनाउनपर्ने बताएका छन् ।उनले खेतीयोग्य उर्भर भुमिलाई प्रविधिको प्रयोग गरि उत्पादन बढाए कृषकको जिवनस्तर बढ्ने बताए । आज गौरादह कृषि क्याम्पसको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उनले मुलुकको उत्पादकत्वमा बृद्धि गरि कृषि उपजको आयात न्युनिकरण गरिनुपर्ने धारणा राखे । अध्यक्ष ओलीले स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरणमा स्थानीय सरकारले समेत सहयोग गर्ने उल्लेख गरे । उनले निर्वाहमुखी खेति प्रणालीका कारण कृषकले धेरै दुख कष्ट भोग्नुपरेको र अब त्यसलाई परिस्कृत गरिदै लैजानुपर्ने बताए ।
स्थानीय नेताहरुले भेटेनरी अस्पताल, इन्जिनियरिङ कलेजको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले कृषि अध्ययन गरि मुलुककै कृषि क्षेत्रको विकासमा लाग्न सुझाव दिए । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले स्वागत गरेको कार्यक्रमको सभापतित्व कृषि तथा पशु विज्ञान अध्ययन संस्थाका डिन भार्गव धितालले गरेका थिए ।